अज्ञात समूहद्वारा स्कुल बसमा आगजनी
चितवन | बैशाख ३०, २०८१
चितवन: अज्ञात समूहले आइतबार भरतपुरमा एक स्कुल बसमा आगजनी गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित दद्रेनी पुलमा स्मल हेभन स्कूलको बसमा आगजनी भएको हो ।
भरतपुर कल्याणपुरमा रहेको स्कूलबाट विद्यार्थी ओसार्न अमृतनगरतर्फ गइरहेको बसमा आगजनी भएको विद्यालयका प्रध्यानाध्यापक रामचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
चारवटा मोटरसाइकलमा आएका छ जनाको समूहले बस रोकी पेट्रोल छर्किएर आगजनी गरेका बताइन्छ । उनिहरु आगजनी गरेर फरार भएका छन् । आगजनीबाट बा ०६००१ क ००४५ नम्बरको बस पूर्णरुपमा क्षति भएको छ ।
प्रध्यानाध्यापक न्यौपाने कसले र कुन उद्देश्यले बसमा आगजनी गरे भन्ने नखुलेको बताउनुभयो । स्मल हेभन काठमाण्डूको लिटल एन्जल्सको सकन्वयमा चलेको स्कुल हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

